काठमाडौं–विगत केही दिन यता सुदूरपश्चिम प्रदेशको चार जिल्ला डोटी, बझाङ, बाजुरा र अछाममा भुकम्प गइरहेको छ ।

मंगलबार पनि अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको हो । क्ष्ँतिको विवरण आएको छैन ।

केही दिन अघि मात्र दुईवटा भूकम्पमा परेर सुदूरपश्चिममा ६ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते र दर्जन घर क्ष्ँति पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल