काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको हाललाई नहुने भएको छ ।
आइतबारबाट आन्तरिक उडान मात्रै सुरु हुने भएको छ । पोखराबाट भारतको बनारसमा पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयर भर्ने भनिकोमा भारतीय पक्षले अनुमति नदिंदा अन्तर्राष्ट्रिय उडान पछि धकेलिएको छ । भारतीय पक्ष्ँले सुरक्षाको कारण देखाउदै उक्त उडान नदिएको हो । आइतबार नमूना (डेमो) उडान गर्ने छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयको ’डेमो’ उडान
विमानस्थलको क्षमताअनुसार हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज भने आइतबार काठमाडौंबाट पोखरा जाने भएको छ । आइतबार बिहान ७ बजे वरपरमा समयमा बुद्ध र यति एयरलाइन्सका जहाजले नवनिर्मित विमानस्थलमा ओर्लने छन् । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलको औपचारिक उद्घाटन गर्ने छन् । विभिन्न जातजातिको झाँकी ¥याली विमानस्थलमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नयाँ विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय गराउने प्रयास विफल भएकोमा चिन्ता जनाए । नयाँ विमानस्थलबाट बुद्ध, यति, गुण, सौर्य र श्री एयरलाइन्सले दैनिक उडान भर्ने जनाएका छन् । ती उडानहरु दिउँसो मात्रै सञ्चालन हुने बताइएको छ । फेब्रअरीबाट भने राति पनि सञ्चालनमा आउने बताइएको छ । पुरानो विमानस्थलबाट केही समय जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट संचालन हुने बताएको छ ।
इपिसी (इन्जिनियरि, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनेको छ ।
विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्ने छन् । यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । पूर्वपट्टीबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् भने आन्तरिकतर्फ रन–वेको दुवै तर्फबाट उडान तथा अवतरण गर्ने छ । विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिन्छ । तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न मिल्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गराउने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ ।
नेपालमै पहिलोपल्ट विमानस्थलमा प्यासेन्जर बोर्डिङ ब्रीज राखिएकाले प्यासेन्जर टर्मिनलबाट यात्रु सिधैं जहाजमा पुग्न सक्छन् । जहाजबाट सिधैं टर्मिनल बिल्डिङमा फर्कन सक्ने छन् । २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण भएको हो । उक्त ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सन् २०१७ जुलाई ११ बाट विमानस्थल निर्माण सुरु भई ०२१ जुलाई १० मा म्याद सकिएपछि दुई पटक थपिएर निर्माण भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !