काठमाडौँ —सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ मन्त्रिपरिषदको बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले राजतन्त्र हटेर गणतन्त्र आएपछि पुस २७ गतेको विदा काटेको थियो ।
पुस २७ मा ३ सय १ औं पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको पछि उक्त निर्णय भएको हो ।
मन्त्रिपरिषद् बैठकले त्यससंगै साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने प्रस्ताव गरेको बताइएको छ ।
तर सोमबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा उक्त विषय समेटिएको छैन ।
मंगलबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी पुस २७ गते बुधबार पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !