काठमाडौँ — यति एयरको जहाज आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको ७२ जनाको मृत्यु भएको छ ।
६८ जना सवार यात्रु र ४ जना पाइलट टिम थिए । दुर्घटनामा परेको यति एयरलाइन्सको एटिआर विमानका पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको बताइएको छ । उक्त विमान क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाइरहेका थिए ।
उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने तयारीमा रहेको बेला दुर्घटनामा परेको थियो । हवाई जहाजले मौसमलाई दोष दिने अवस्था नरहेको बताइएको छ ।
यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो (नमूना) उडान गरेका थिए । यो आन्तरिक उडानको विमान दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणल्े जारी उडड्यन प्रतिवेदन अनुसार ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।
अध्यारोका कारण खोज तथा उद्धार स्थगित गरिएको स्थानीय प्रशासनले जनाएको छ । सोमबार बिहान ७ बजेबाट फेरी खोजी कार्य जारी बताइएको छ । दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि स्थानीय, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालित थिए । घटनास्थलको सुरक्षा निकायले सुरक्षा गरिरहेका छन् ।
सुरक्षाकर्मीहरुले ६३ वटा शव घटनास्थलबाट पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा शव संकलन गरेको छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । खोज तथा उद्धार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान भएको छ । पहिचान नभएका बाँकी शवको डिएनए परीक्षणका लागि सोमबार काठमाडौं ल्याइने छ ।
सोमबार शोक विदा
सरकारले यति एयर विमान दुर्घटना भएको दुखद् घटनाको शोक व्यक्त गर्दै विदा दिएको छ ।
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर–सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो । जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपक बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ । यसका साथै घटनाका बारेमा परिवारलाई सत्य–तथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पु¥याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !