काठमाडौँ — बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका जांदा गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको त्यहाँको प्रहरी अधिकारीले जनाएका छन् ।

घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको छ । बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ९ रेक्टरको भूकम्प गएको हो ।

बाजुराभर दुई दर्जनभन्दा बढी घरहरुमा आंशिक र पूर्ण क्षति भएको त्यहाँको स्थानीय प्रशशासनले जनाएको छ । भूकम्पको धक्का भारतको दिल्लीसम्म महसुस गरिएको छ ।

२०७२ वैशाख १२ गते गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको थियो ।

पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति हाम्रो जमिनमुनि सञ्चित भएर बसेको विज्ञहरुले जनाएका छन् ।

गत कात्तिकमा डोटीमा केन्द्रविन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो ।

२०३७ सालमा पनि बझाङमा ठूलो भूकम्प गएको विज्ञहरुले बताएका छन् । २०५८ सालमा बझाङ, बैतडी र दार्चुलामा ठूलो भूकम्प गएको थियो ।

महाभुकम्पहरु सयौं वर्षको अन्तरालमा जाने गरेको बताइएको छ । नेपालमा दैनिकरुपमा ८–१० वटा भूकम्प गइरहेका छन् । ४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस नहुने विज्ञको भनाई छ । ८ वा त्यो भन्दामाथिको ठूलोलाई महाभूकम्प, ७ देखि ८ लाई ठूलो र ६–७ लाई मध्यस्तर र त्यसभन्दा तलको कम्पलाई साना भूकम्प भन्ने गरिएको छ ।

सुक्ष्म र अति सुक्ष्म भूकम्प गइरहेका हुने भूकम्प विज्ञ लोकविजयी अधिकारीले जनाए । नेपाल पूरै भूकम्पीय जोखिम क्षेत्रमा रहेको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल