काठमाडौं– ’हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’
कवि भुपी शेरचनको यी रचनाले शहिदहरुको संझना गराउदै आएको छ ।

हरेक विहानमा सूर्यको प्रकासले अध्यरो हटेर तारा झरे झै उज्यालोको सुरुवात हुने गर्छ । त्यसरी नै हरेक मानिसको दैनिकी बिहानीको सुरुवातबाट हुने गर्छ । नेपालको हरेक परिवर्तनको कालखण्डमा वीर सपूतहरु जन्मेर वलिदान दिएका छन् ।

तिनै वीर सपूतहरुको प्रत्येक वर्ष माघ १६ गते सम्झना र सम्मान गरिन्छ । तर पछिल्लो समय शहिदको सम्मान र सम्झनामा कमी भएको महशुस गरिपनि केही सम्झना भने बांकी छ ।

शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको प्राप्तिको लागि शहिद भएका थिए । उनीहरु नेपाली जनताले प्रजातन्त्र पाउनु पर्ने भनेर तत्कालीन राणा शासनका विरुद्धमा लागेकाले हत्या गरिएको थियो । केही समयअघि माघ १० देखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाउने गरिएको थियो ।

नेपाली जनताले सार्वभौमिक्ता, स्वतन्त्रता, समानताका लागि शहिदहरुले दिएका बलिदानको काठमाडौंको टेकुको शुक्र वृक्ष, सिफलको रुख र शोभाभगवती दोभान भएका तत्कालीन घटनाक्रमलाई संझने गरिन्छ ।

इतिहासमा नेपालको पहिलो शहिद लखन थापालाई मानिएपनि पछिल्लो चार शहिदभित्रमा राखिएको पाइदैन । गोरखाका थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणा विरुद्ध प्रसार गरेको आरोपमा १९३३ साल फागुन २ मा मनकामना मन्दिर छेउको रुखमा झुण्ड्याएको थियो ।

त्यसपछि शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनका बेला मारिएका थिए ।
१९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो । धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी, माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानेर हत्या गरिएको थियो । पञ्चायतकालका १९ जना शहिदलाई सरकारले शहिदको सूचीमा राखेको पाइदैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल