काठमाडौँ— टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा करिब ६ जनाभन्दा बढीको मृत्यु भएको विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।

दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ म्याग्निट्यूडको भुकम्प गएको हो ।


टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने साढे ४ सय भन्दा बढी स्थानीय घाइते भएको बताइएको छ ।

त्यसैगरी सिरियामा पनि भूकम्पले मानवीय क्षति पु¥याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका संचाररमाध्यमले एएफपीलाई बताएको जनाइएको छ । भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका संचारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु गइरहेका छन् । भुकम्प आएसँगै त्यहाँका स्थानीय घर छाडेर सुरक्षितस्थानमा बसेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि टर्की सरकारले सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गर्दै संकटकाल घोषणा गर्नुको साथै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
साभारः एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल