काठमाडौं– टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ भने हजारौं घाइते भएका छन् ।

टर्कीमा मात्रै २४ हजार ६ सय २७ जना र सिरियामा ३ हजार, ५ सय ७५ जनाले मृत्यु भएको त्यहा“का संचारमाध्यमहरुले जनाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले भनेका छन् भने ५३ लाख सिरियाली घरबारविहीन भएको अनुमान छ ।

टर्की र सिरियाका ९ लाख भूकम्पपीडितलाई तत्काल खानाको आवश्यक देखिएको छ । टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास जारी छ ।

खोज तथा उद्धारमा लागेकाहरू भूकम्प गएको १ सय घण्टादेखि प्रतिकूल मौसममा पनि भत्केका भग्नावशेषबाट जीवित उद्धार गर्न समेत सफल भएका छन् । भूकम्प गएको १ सय २९ घण्टापछि एकै परिवारका ५ जनाको जीवितै उद्धार गरिएको बताइएको छ ।

भूकम्प प्रभावित नुरुदाग सहरमा ती भग्नावशेषबाट उद्धार गरिएको हो । त्यहाँ कठ्याङ्ग्रिने चिसोले आस मारेका स्थानीयलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका थिए । आइतबार ९ जनालाई जीवितै उद्धार गरिएको छ ।

त्यो क्ष्ँेत्रमा १ सयवर्षपछि शक्तिशाली भूकम्प गएको बताइएको छ । सिरियामा अहिलेसम्म पनि सहायता सामग्री परिचान गर्न सकिएको छैन । सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको त्यहाँ कार्यरत् चिकित्सकहरूले जनाएको छन् ।

टर्कीको भूकम्पग्रस्त क्षेत्रको केही स्थानमा खानाको अभाव हुन थालेपछि लुटपाट बढ्न थालेको छ । त्यहाँका सरकारले ४८ जनालाई पक्राउ गरेको छ ।

भवन निर्माण गर्दा कमजोर संरचना बनाएको भन्दै टर्की सरकारले ठेकेदारलाई पक्राउ गर्न थालेको छ । साभारः एजेन्सीहरु

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल