काठमाडौं — पाँचथरमा आगलागीमा परेर हिलिहाङ गाउँपालिका ७ भारपामा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय बालक सेसेहाङ पन्थाक र अर्का ४ वर्षीय निशान खाती छन् । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो आगलागीमा परेर उनीहरुको ज्यान गएको हो ।

छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्ने आएका बेला आगलागीमा परी मृत्यु भएको त्यहाँका प्रहरीले जनाएका छन् । घरका अभिभावक खाना पकाउनका लागि जंगलमा दाउरा खोज्न गएको बेला ती दुई बालक मात्रै भएको समयमा आगो लागेको बताइएको छ ।

आगलागी केकति कारणले लाग्यो भन्नेबारे केही खुलेको छैन । उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


त्यसैगरी तेह्रथुम–आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएपनि कुनै मानवीय क्ष्ँति भएको छैन । तर आगलागीमा लाखौंको क्षति पुगेको छ ।

शुक्रबार साँझ ७ बजेसम्म पनि आगो नियन्त्रणमा आएको छैन । आगलागीमा ९ घरमा स्थानीय बसोवास गर्दै आएका थिए भने ५ घरमा भने खाली थियो । शुक्रबार अपरान्ह गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानबाट सल्किएको आगो गाउँको माझीटार सामुदायिक वन हुँदै हात्तीखर्क गाउँको बस्तीमा पसेको थियो ।

आगो नियन्त्रण गर्न स्थानीय, जनप्रतिनिधि र प्रहरी परिचालित भएका छन् । सुख्खा मौसम भएकाले आगो नियन्त्रणमा नआएको त्यहाँका स्थानीय प्रशासनले जनाएको छ । आगलागी दमकल जान सक्ने ठाउमा छ । पानी अभावले हरियो स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीयले बताएका छन् । आगलागी क्षेत्रमा तीव्र बेगले हावा समेत चलेको छ । बस्ती वन क्षेत्रको बीचमा रहेकाले अन्य घरहरुमा पनि आगो सल्किने डर रहेको स्थानीयले जनाएका छन् ।

सबै आगो निभाउने कार्यमा खटिकाले पीडितको विवरण लिन ढिलाई भएको त्यहाँका प्रहरीले जनाएका छन् । आगलागी के कति कारणले भएको भन्नेबारे केही खुलेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल