काठमाडौं– काठमाडौं बानेश्वरमा कोशी प्रदेश झापाका दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को प्रदर्शन भएको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर राष्ट्रिय झन्डा सहित नारा लगाउँदै प्रदर्शनकारीहरु नयाँ बानेश्वर पुगेका थिए । उनीहरुले नयाँ बानेश्वरमा कोणसभा गरेका थिए । आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको उनीहरूको भनाइ छ ।

प्रदर्शनकारीहरुले राजतन्त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित नाराबाजी गरेका छन् । प्रदर्शनकारीले राष्ट्रिय झन्डा समेत बोकेका छन्। पछिल्लो समय प्रसाईं राजतन्त्र फर्काउने अभियानमा लागेका छन् ।

उनले गत फागुन १ गते काँकडभित्तामा नेपालका राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए । उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए । उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए ।

२०४६ साल अघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो । गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका छन् । उनी सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गरी उक्त अभियानमा लागेका छन् ।
साभारः सेतोपाटी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल