काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उनलाई राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् ।
पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नेपालको तेस्रो राष्ट्रपति चुनिएका हुन् । उनीहरु दुवै पूर्व मन्त्री तथा सभामुख समेत हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मत प्राप्त गरी गरेका थिए भने नेम्वाङले १५ हजार ५ सय १८ मत पाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई बधाई दिएका थिए । राष्ट्रपतिको निर्वाच्न नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए ।
पौडेललाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार चयन गरेका थिए ।
एमालेका नेम्वाङलाई अन्य पार्टीको साथ थिएन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ । नवनिर्वाचित राष्ट्रपतिलाई सोमवार कामु प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
नेपालको कानुन अनुसार राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था भएकोले सर्वसाधारणले भोट दिन पाउँदैनन् ।
निर्वाचनमा ५१ जना सांसद मतदानमा सहभागिता जनाएनन् । त्यसरी तटस्थ रहने पार्टीहरुमा राप्रपा, र नेपाल मजदुर किसान पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । स्वास्थोपचारका लागि भारतमा भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी, स्वास्थ्य ठीक नभएका नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र जसपाका एक सांसद अनुपस्थित रहे ।
२ सय १४ जना संघीय सांसद्ले पौडेल(१ संघीय सांसद बराबर ७८ मत) लाई १६ हजार ९ सय ६ मत दिएका थिए ।
त्यसैगरी ३ सय ५२ जना प्रदेशसभा सदस्यहरूले पौडेल( १ प्रदेश बराबर ४८ मत) लाई १८ हजार ८९६ मत दिए । संघीय सांसद् र प्रदेशसभा सदस्य गरी पौडेललाई कुल ३३ हजार ८ सय २ मत प्राप्त गरेका थिए ।
राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत आवश्यक पर्छ । कनेम्वाङलाई संघीय संसद्का ९८ जनाले ७ हजार ७ सय ४२ मत दिए। प्रदेशतर्फ १ सय ६२ जनाले ७ हजार ७ सय ७६ मत दिएका थिए ।
नेम्वाङले कुल १५ हजार ५ सय १८ मत प्राप्त गरेका थिए । पौडेल निर्वाचित भएपछि प्रतिस्पर्धी नेम्वाङ र विभिन्न पार्टीका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।
पौडेलको गृह जिल्ला तनहु“मा दिपावली गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !