काठमाडौँ– नया“ निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो एक बजे आयोजित विशेष समारोहमा पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका थिए ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते विहिबार राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
त्यसैगरी निवर्तमान राष्ट्रपति भण्डारीले सोमबार शीतल निवास छाडेकी छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !