काठमाडौँ–सरकार र मिटरब्याज पीडितबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ ।

शनिबार सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच छलफलपछि पाँच बुँदे सहमति भएको हो ।

सरकार र मिटरब्याज पीडितहरुबीच सहमति अब बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको छ ।

त्यसैगरी मिटरब्याज पीडितका उजूरी सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधित्व रहने गरी जिल्लास्तरीय समन्यव÷सहजीकरण समिति गठन गर्ने सरकारसमक्ष सिफारिस गर्ने सहमति समेत भएको छ ।

त्यसैगरी मिटरब्याजसम्बन्धी कार्यलाई कसुर कायम गर्ने र सम्बन्धित कानुन संशोधन प्रक्रियालाई निष्कर्षमा पु¥याउने सहमतिमा छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल