काटमाडौँ–झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बाली क्षति पु¥याएको छ ।

हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको स्थानीय समाजसेवी प्रकास पाठकले जनाएका छन् । ‘हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले किसान, जसले हजारौं रुपैया खर्च गरेर बालि लगाए, दिनरात लाईन बसेर मलको जोहो गरे, मोटर चोरको आतंकका बिच रातभर जाग्राम बसेर पानी लगाउँदै विरुवा हुर्काए,’ उनलेभने,‘फल खाने बेलामा प्रकृतिको यो बज्रपात किसान माथि पर्यो । एकातिर राज्यको नितीले पिल्सिएका आम किसानलाई प्रकृतिले पनि विध्वंस पार्यो । हाम्रा दुख कसले बुझिदिने ?’ त्यहाँको कृषि ज्ञान केन्द्रले क्षतिको विवरणबारे जानकारी नआएको जनाएका छन् ।

असिनाले झापाको कनकाईमा सबैभन्दा बढी क्षति पुर्याएको छ । कनकाईसँगै भद्रपुर, बिर्तामोड लगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु्रयाएको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ ।

झापामा यो आर्थिकवर्ष ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको त्यहाँका सुरक्षा निकायले जनाएका छन् ।


त्यसैगरी वर्षा र असिना रामेछापमा पनि परेको छ । त्यहाँ पनि क्ष्ँतिको विवरण आएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल