काठमाडौँ –सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्ष्ाँलयबाट सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्ष्ाँन्त कवाज सम्पन्न भएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्रीले दीक्ष्ाँन्त कवाजको निरिक्षण अवलोकन गरेका थिए । उनले नेपाली जनताको जीउधन, स्वतन्त्रताको रक्षाको लागि पेशागत दक्षता र मानवअधिकार सम्मान सम्बद्र्धन गर्दै जिम्मेवारीका साथ कार्य गर्नुपर्ने बताए ।

समापनमा सशस्त्रका अधिकृत, सकल दर्जा र दिक्षित भएका सबै सशस्त्र प्रहरी जवानलाई सम्बोधन क्रममा परिस्थिति अनुसार उच्च मनोबलका साथ कार्य क्षेत्रमा काम गर्नु पर्ने निर्देशन दिए ।

डिआईजी खत्रीले कार्य क्षेत्रमा सजगता अपनाउदै कार्य सम्पादन गर्नु पर्ने बताए । डिआइजी खत्रीले तालिमका सिकेका सिप र ज्ञान व्यवहारमा उतारे काम गर्नुपर्ने बताए । यही बैशाख १४ गतेदेखि सिसं. २ सय ३५ (ग¬) सशस्त्र प्रहरी जवान आधारभूत तालिम संचालन भएकोमा ९३ जनामध्ये ८५ जना प्रशिक्षार्थीहरुले मात्र तालिम लिएका थिए ।

३४ हप्ता प्रशिक्षण अवधि रहेको तालिमलाई पहिलो चरणमा १७ हप्ता र दोस्रो चरणमा १७ हप्ता गरी दुई चरणमा संचालन गरेको थियो । देश र जनता प्रति सदा समर्पित रही सेवा तथा सहयोगको भावना लिई सांगठनिक एवं पदीय दायित्व वहन गर्न सक्षम, अनुशासित, साहसिक र कर्तव्यनिष्ठ बनाई फौजी सिप एवं कौशलले भरिपूर्ण एक व्यवसायिक सशस्त्र प्रहरी जवान उत्पादन गर्ने लक्ष्यका साथ यस तालिम संचालन गरिएको शिक्ष्ाँलय ककनीले जनाएको छ ।

समादेशक एवं युएन शान्ति स्थापना तालिम शिक्षालयका प्रमुख एसएसपी कृष्ण ढकालले आफूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरेर कार्य गर्नुपर्ने बताए ।

तालिम प्राप्त जवानलाई प्रमुख जिल्ला अधिकारी किरण थापा, डिआइजी खत्री, शिक्ष्ाँलयका प्रमुख ढकाल, जिल्ला प्रहरी कार्यालयका एपी रमेश पण्डितले जवानलाई दज्र्यानी चिन्ह लगाइदिएका थिए भने सर्वप्रथम भएका धादिङ ज्वालामुखीगाउ“पालिका ६ का नविन श्रेष्ठलाई डिआईजी खत्रीले खुकुरी प्रदान गरेका थिए । कार्यक्रममा ककनीगाउ“पालिका अध्यक्ष सुमन तामाङ सज्जन उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल