काठमाठाै —जिल्लाको पुरानो सदरमुकाम नुवाकोटको भैरवी मन्दिर प्रांगणमा सिन्दुरे जात्रा मनाइएको छ ।

विदुर नगरपालिका-२ स्थित भैरवीको मन्दिरछेउ, महेशमर्दिनी मन्दिरमा कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामी-धामिनी, गणेशलाई विधिपूर्वक पूजा गरेपछि गाजल लगाइदिएर यो जात्रा मनाउने चलन छ ।

सिन्दुरे जात्रामा सहभागी सबैलाई प्रसाद तथा टीका दिइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेको खुसियालीमा सिन्दुर जात्राको प्रचलन सुरु गरिएको इतिहास छ । राजप्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीका अनुसार भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित भैरवीको खट, धामी, धामिनी, द्वारेसहित भैरवी मन्दिरको उत्तरतर्फको तुलजा भवानी पुगेका थिए । यस अवसरमा भैरवीको खटलाई सात तले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । साभार कान्तीपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल