काठमाडौँ– नुवाकोट जिल्लाको विदुरनगरपालिका वडा २ सरस्वतीथानमा रहेको विहार चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ ।
इतिहासअनुसार १४ सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्णभई भग्नावषेशमा परिणत हुन लागेको पछि विभागले उत्खनन कार्य थालेको हो । विभागले यहा अध्ययन र अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुननिर्माणका लागि अध्ययन गर्ने जनाएको छ ।
हालै अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगगरी जमिनमुनि रहेका संरचनाको जानकारी संकलन गरेको विभाग मातहत नुवाकोटमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख अर्जुन फुयालले बताए । उनका अनुसार पाइएका स्वयम्भू–चैत्यको संरचना निकै पुरानो पाइएको छ । जमिनमुनिको पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण अध्ययन समेत गरिने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । हालै स्वयम्भू (चैत्य)को अध्ययन गर्न बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद् डंकन नेभिल्लेहे, इयुयान डेनिस जोन र पुरातत्व विभागका उपनिर्देशक रामबहादुर कु“वरको टोलीले अत्याधुनिक उपकरण प्रयोग गरेर विवरण संकलन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
सरस्वतीस्थानमा वरिपरि ढुंगाले बनेका साना चैत्यहरुका बीचमा फराकिलो पीठको बीचमा अर्को पूर्णता पूरा बाकी रहेको मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडाको दाया“बाया“ २ वटा सिंहको पत्थरमूर्ति राखेर प्रवेशव्दार बनाइएको छ । चैत्यको अगाडि बाया“ भागमा गणेशको मूर्ति रहेको छ । पुरातात्विक वस्तुको उत्खनन, संरक्षण र इतिहासको दस्तावेजलाई अध्ययन गरेर बाहिर ल्याउन नगरपालिका लागि परेको विदुरनगरपालिकाको मेयर राजन श्रेष्ठले बताए ।
लिच्छविकालीन राजा अंशुवर्माले वि.सं. ६६२ देखि ६७८ भित्रको शासनकालमा ती सरस्वतीथामा मन्दिर र चैत्य निर्माण गरिएको ईतिहासमा रहेको छ । छोरी भृकुटी बस्ने ठाउ“, दक्षिणपूर्वी भेग फैलिएको स्थानमा अंशुवर्माले निर्माण गर्न लगाएका चैत्य, नजिकै भित्तामा भैरवको मूर्ति छ । मूर्तिका मुखभाग आधा पुटेको छ । पूर्वीकोणमा गणेशको मूर्ति छ । चैत्यमा पूर्व फर्केका दुई सिंह छन् । पश्चिम कोणमा तत्कालीन राजा पृथ्वीनारायण शाहले उक्त स्थानलाई मर्मत सुधार गरी लेखिएको शिला छ । मर्मत संभार हुन नसक्दा अक्षरहरु मेटिदै गएको छ । राजाले त्यतिबेला पूजाआजा गरी शक्ति मागेको किंवदन्ती छ । पश्चिमकोणमा दुई साना चैत्य छन् । सोही चैत्यको भित्तामा मञ्जुश्रीको मूर्ति छ । पूर्वोत्तर भागमा एउटा चैत्य छ । दक्षिणकोणपट्टिको एउटा सानो चैत्य मासिइसकेको छ । ती सबैलाई मिलाएर पंचबुद्ध समेत भन्ने गरिएको छ । पश्चिमपट्टी एउटा भत्केको पाटी छ । पश्चिम मोहडा फर्किएको नाटेश्वरीको मूर्ति छ । त्यसको उत्तरपट्टि सरस्वतीको मन्दिर छ । नजिकै बरको चौताराको रुख छ । सोही रुख मुनि अंशुवर्माले बनाएको झिंगटीको दरबार रहेको बुढापाकाको भनाई थियो ।
भृकुटीको तिव्वतका राजा सं्रङचङगम्पोसंग विवाह भएपछि घर माइती गर्दा यही दरबारमा बस्ने गरेको किंवदन्ती छ । यही चैत्य १ सय मिटर पूर्वी भागमा एउटा धारा छ । यसलाई सहरपानी धारा नामले चिनिन्छ । यहीं भृकुटीले नुहाउने गरेको अद्यपी किवदन्ती रहिआएको छ । पहिला काठमाडौं, भक्तपुर, ललितपुर, किर्तिपुरका नेवार समुदायहरु बाजा बजार पूजा गर्न यही चैत्यमा आउने गरेका थिए ।
अहिले त्रिशूलीका नेवार समुदायले विदुरनगरपालिका १ बान्द्रेमा चैत्य बनाएपछि यता आउन छाडेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !