काठमाडौं – राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको प्रारम्भको अवसरमा समस्त नेपालीलाई शुभकामना दिंदै सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै भनेका छन्–‘राजनीति र राज्य संचालनको प्रक्रियामा ईमान्दिारिताको महत्व रहने बताउँदै राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन ।’ उनले अगाडि भनेका छन्,‘आज उत्पन्न बेथिति, अविश्वास, व्दन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जाने–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली ईतिहास बोकेको हाम्रो देशले धेरै दुख पाएको सबैले महशुस गरेका छन् । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ । हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थान परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जनगुनासो सुनिन्छ ।’

उनले थपे,‘उत्पादन, आर्जन एवं समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान दिंदा जनसाधारण समस्या तथा आक्रोस बढ्नु स्वभाविक हो । युवापिढी, विद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, थरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं ।

देशलाई थाहा पाईपाई वरवादी तिर नधकेलौं । नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लागौं । सबैमा विगतको कमीकमजोरीप्रति क्षमाशील भावना जागोस । नयाँ वर्ष २०८० सुन्य परिणामको होइन दशकाव्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस– यही हाम्रो शुभेच्छा हो । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल’ विज्ञप्तिमा उल्लेख गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल