काठमाडौंँ – यही बैशाख २० गते राजा ज्ञानेन्द्र शाहलाई बाँकेको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिने भएको छ ।

वैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि नेपालगञ्ज आउन लागेका राजालाई २० गते नागरिक अभिनन्दन गर्न लागिएको हो । राप्रपाका एक जना सहमहामन्त्रीले दिएको जानकारी अनुसार रामलिला मैदानमा हुने नागरिक अभिनन्दनमा राष्ट्रिय र धार्मिक झण्डाहरु सहित हुने बताइएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद धवलशमशेर राणा, शिव सेनाका पदाधिकारीको बैठकले मूल र विभिन्न उपसमितिहरु बनाउने तयारी गरेको छ ।

राजाले नेपालगञ्जमा रहंदा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यतालिका रहेको छ भने राजा बागेश्वरी मन्दिरमा महाआरतीमा सहभागी हुने बताइएको छ ।
साभारः देशसञ्चार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल