काठमाडौं–नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटको १८ औ साधारण सभाले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संतोष उप्रेती, प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठ, द्वितीय उपाध्यक्ष सबिन राजभण्डारी,महासचिव उपेन्द्र बुढाथोकी, सचिवः मधुसुदन थपलिया, कोषाध्यक्ष मेघनाथ घिमिरे र प्रवक्तामा सुमन भण्डारी निर्विरोध चयन भएका छन् ।
त्यसैगरी संघको खुल्ला सदस्यहरुमा राजकुमार आचार्य, पुरुषोतम कार्की, नवराज पाण्डे, पवन नेपाल, दीपक तिमिल्सिना, प्रेमलाल श्रेष्ठ, सुजीत श्रेष्ठ, सञ्जीव थपलिया, हरिकृष्ण तिमिल्सिना, महिला सदस्यहरुमा ज्ञानुमाया गिरी,नानू गुरुङ, सुजना खतिवडा र वस्तुगत सदस्यमा सबिन श्रेष्ठ र पुरुषोतम अधिकारी चयन भएका छन् ।
पा“च जना सदस्यको लागि संघको पहिलो बैठक बसेर निर्णय गरि चयन गरिने अध्यक्ष श्रेष्ठले बताए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष अवधिको हुने संघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद ढकालले नया“ कार्यसमितिका पदाधिकारी र संघमा कार्यरत कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधारण सभालाई नुवाकोटका राजनीतिक दलका पार्टी नेता तथा प्रतिनिधिले सम्बोधन गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !