काठमाडौं–विद्युत क्षेत्रमा देखिएका समस्या र समाधानको लागि सात बुद्दे निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बुधबार भएको वैठकमा जलविद्युत क्ष्ँेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने, विद्युत उत्पादन र वितरण प्रणालीलाई गुनासो रहित बनाउने, वर्षायाममा बाढी र पहिरोको कारणले विद्युत उत्पादन केन्द्र तथा जलविद्युत आयोजनाहरुमा पर्न जाने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्ने, विद्युत उत्पादन र वितरण प्रणालीलाई अविच्छिन्न कायम राखि गुनासो रहित बनाउने, विद्युत उत्पादन केन्द्र तथा विद्युत आयोजनाहरुको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण हुन नदिन आवश्यक व्यवस्था मिलाउने, विद्युत चुहावट न्यूनीकरणका सबै लाग्नुपर्ने निर्णय भएको छ ।

त्यसैगरी माथिल्लो त्रिशली ३ ए जलविद्युत केन्द्रको बा“ध रसुवाको भौगोलिक क्ष्ँेत्रभित्र पर्ने भएकाले वर्षायामपछि बा“धको मर्मत गर्दा हुने गरेको अवरोध हटाउन माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रशासन कार्यालय रसुवा, डिभिजन वन कार्यालय रसुवा र सरोकारवाला पक्ष सहभागी गराई समन्वय बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी लिखुगाउ“पालिका ६ का सावर्णप्रसाद लामिछानेको १९७ कित्ता नं. भएको जग्गामा निर्माण हुने भनिएको एमसिए परियोजनाको ४०० केभी क्षमताको प्रसारण लाइनको टावरबाट सार्न प्राविधिक टोली खटाउने निर्णय गरेको छ । एमसिए परियोजना संचालनको क्रममा रहेकोले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने भएको छ ।

नुवाकोटका माथिल्लो त्रिशूली ३ ए, त्रिशूली जलविद्युत,देवीघाट जलविद्युत, निर्माणाधिन माथिल्लो त्रिशूली ३ बी, त्रिशूली जलविद्युत उत्पादन केन्द्र र त्रिशूली वितरण केन्द्रका प्रमुख, प्रतिनिधि र एमसिए नेपालका प्रतिनिधि बैठक सहभागी थिए । वर्खामा नियमित रुपमा सेवाग्राहीलाई विद्युत उपलव्ध गराउने, उत्पादन र त्यसमा केही समस्या आए तत्काल समस्या समाधान गरी सेवाप्रवाह चुस्तदुरुस्त राख्न बैठक गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल