काठमाडौं —रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । यो जात्रा वैशाख महिनाको शुक्ल पक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।

मत्स्येन्द्रनाथको रथलाई यही बैशाख ११ गते ललितपुरको पुल्चोक–गाःबहालबाट सांस्कृतिक बाजागाजाका सहित तानेर पाटनस्थित श्रीबहाल पुर्याइएको छ । पाटन टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर श्रीबहाल पु¥याइएको छ । त्यसपछि शार्दूलजंगको पल्टन, धिमे, नायखीलगायत सांस्कृतिक बाजागाजाको प्रस्तुत गरेका थिए ।

मस्त्येन्द्रनाथ नेपाल आए
रथयात्रा मत्स्येन्द्रनाथलाई भारत असमको कामरुपकामाक्षबाट नेपाल ल्याउनमा मुख्य भूमिका खेलका कान्तिपुरका तत्कालीन तान्त्रिक बन्धुदत्त आचाजुले मनाएको कथन छ ।
वैष्णवीहरूले विष्णु, शैवहरूले शिव, शाक्तहरूले शक्ति, सौरहरूले सूर्य, ब्राह्मणहरूले लोकेश्वर र बौद्धहरूले करुणामयका रूपमा मानिने सिद्धेश्वरलाई मंगलबार गाःबहालबाट नुगः सुन्धारातर्फ तानिनेछ । गाःबहालबाट नुगःसम्मको रथ यात्रा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको जनविश्वास छ । राजा श्रीनिवास मल्लले नुगः टोलको विकास गरी नेपाल संवत् ७८१ अर्थात् वि.सं.१७१८ देखि चलाएको मुनीन्द्ररत्न बज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणमय लोकेश्वर’ पुस्तकमा जनाएका छन् । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ मत्स्येन्द्रनाथको रथमा राखिएको इतिहास छ ।

नेपालमा १२ वर्षसम्म वर्षा (पानी) नभई अनिकाल परेपछि वर्षाको गराउन भक्तपुरका राजा नरेन्द्र देव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापू भारत असमको कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको जनविश्वास रहिआएको छ । नेपालको प्राचीन गोपालराज वंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।
साभारःविभिन्न एजेन्सीबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल