काठमाडौं–गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी अन्तर्गत पर्ने गल्छीदेखि बेत्रावती सडकभित्र पर्ने सडक, पुल र पहिरोको अनुगमन गरिएको छ ।

धादिङको गल्छी नजिक रहेको पहिरोग्रस्थ क्षेत्रमा रकएङकरिङ थोरै बाँकी छ । कोल्पुटारमा सडकपेटी निर्माणको क्रममा रहेको छ भने नुवाकोटपट्टी कल्चौडेभिर छेउको झरेको पहिरो पन्छाउन बाँकी भने बुधसिङघाटमा गत असोजमा आएको पहिरो नियन्त्रण गर्न अध्ययन सकिएपनि रोकथामका लागि भने सरकारले आएको बजेट काटिएकोले काम अगाडि बढ्न सकेको छैन । यो पहिरोले पन्छाउन करिव ४ दिन लागेको थियो । अहिले पनि वर्षासंगै पहिरो झर्ने अवस्थामा छ । वर्षा अघि नै पहिरो रोकथाम र नियन्त्रण गर्न सके वर्षात्मा सडकमा अवरोध नआउने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी आयोजनाका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।

त्यसैगरी देवीघाटपारि जिलिङमाथि लैजाने बाटोमा पहिरो छ । त्यसको नजिकै तादीखोलामाथि पुल निर्माणको क्रममा छ । बेत्रावती जाने बाटोको तिरतिरे भीरमा पहिरो छ । ठेक्का लागेपनि ठेकेदारले समयमा नथाल्दा यो वर्खामा पनि पहिरो झर्ने छ । यो सडकमा सवारीले सास्ती खेप्नु पर्ने भएको द्ध । ठेकेदारले रकएङकरिङ गर्ने फलामे डण्डी ल्याएको छैन । त्यसैले रड हालेर तिरतिरे पहिरोको नियन्त्रण र रोकथाम कार्य अघि बढेको छैन ।

पहिरो, सडकको अवस्था र मुआव्जामा देखिएका समस्याको साथै सेवाग्राहीले झेल्नु परेका समस्या समाधान गर्न अनुगमन गरि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । चीनसंग जोडिएको यो मार्गबाट रसुवागढीनाका हु“दै सामान आयात र निर्यात गर्ने सडक हो । हिउद्पछि बर्खा लाग्न लागेकाले पहिरोको अवस्था र पहिराले सवारी आगमनमा पर्ने समस्यालाई न्यूनीकरण गर्न स्थानीय प्रशासन, सडक, सुरक्षा निकायका पदाधिकारी नेपाल प्रहरीका एसपी रमेश पण्डित,सशस्त्रका उत्तम पुडासैनी, राष्ट्रिय अनुसन्धानका पदाधिकारी, संचारकर्मी, सडकका पदाधाकारी सहभागी थिए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक ८२ किमी छ । उक्त सडकखण्डको गल्छीदेखि मैलुङसम्मको दुरी ४६ किमी छ । मैलुङ–स्याफ्रुबेसीको १९ र स्याफ्रुबेसी–रसुवागढी सडकको दुरी १७ किमी रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल