काठमाडौं–राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै उठ्न राजा ज्ञानेन्द्र शाहले आव्हान गर्नु भएको छ ।

उहाँले सबै मिलेर देशको अवस्था सुधार गर्न राजा शाहले आव्हान गर्नु भएको गर्नु भएको छ । बाँकेको नेपालगंजमा बुधबार नागरिक अभिनन्दन कार्यक्रमममा सम्बोधन गर्दै देशको वर्तमान अवस्था देख्दा दुःख लागे देशमा परनिर्भर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने बताउनु भएको छ । छ दशक अघि यही ठाउ“मा स्वं राजा महेन्द्रले सम्बोधन गर्नु भएको स्मरण गर्नु भएको छ । त्यतिबेला स्व. राजा महेन्द्रले तत्कालीन राज्यविधिका बारेमा त्यसबेलाका राजनीतिक दलहरुलाई सचेतनामूलक सम्बोधन गरेको स्मरण उहाँले गराउनु भएको छ ।

देश बनाउन, देशवासीको अवस्था सुधार गर्न, व्यवस्था र पद्धति बसाल्न, जनतालाई शान्ति, सुख समृद्धि दिलाउने आप्mनो अभिलाषा जारी रहेको राजा शाहले बताउनु भएको छ ।

सोमबार देवी भगवती बागश्वरीको सान्ध्यको आरतीमा संलग्न भएको बताउनु भएको छ । अहिले राजा परिवार पश्चिम नेपालको यात्रामा रहनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल