काठमाडौं – बेलायतका ४० औं राजा चार्ल्स तृतीयलाई मध्य लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहि¥याइएको छ ।


त्यहा“को स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबिसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शिरमा ‘सेन्ट एडवर्ड्ज क्राउन’ भनिने राजमुकुट पहि¥याएका हुन् । सुन, हीरा र जवाहरात जडित २ दशमलव २३ किलो तौलको उक्त श्रीपेच बेलायती राजाहरूले राज्याभिषेकका बेला मात्रै पहिरिने परम्परा छ ।

‘हामी यहाँ एक जना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरून् भनेर उनलाई राजमुकुट पहि¥याउन लागिएको हो,’ आर्चबिसप अफ क्यान्टरबरीले भने । बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुँदै आएको छ ।
७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए । नेपालका परराष्ट्रमन्त्री एनपी साउद पनि देशको प्रतिनिधित्व गर्दै समारोहमा उपस्थित थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तय भए पनि उनको स्वास्थ्य अवस्थाका कारण परराष्ट्रमन्त्री साउद गएका हुन् । समारोहमा बेलायती प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सेलिब्रेटी, च्यारिटी तथा स्वयंसेवक कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।

महारानी एलिजावेथ द्वितीयको गत वर्ष सेप्टेम्बरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सले ७३ वर्षको उमेरमा बेलायती गद्दी आरोहण गरेका हुन् । चार्ल्स संसारकै सबैभन्दा बढी उमेरका राजा पनि भएका हुन् । २ घण्टा चलेको राज्याभिषेक समारोहमा हिन्दु, मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरूले राजाको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए । उक्त समारोहमा बेलायतको इतिहासकै पहिलो हिन्दु प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गरेका थिए । बेलायती प्रधानमन्त्री सुनकले ट्वीटमार्फत राज्याभिषेकलाई अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको उल्लेख गर्दै ट्वीट गर्दै भनेका थिए, ‘कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन तर यो प्रदर्शनी मात्र होइन । यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो ।’ समारोहमा राजा चार्ल्स तृतीयकी पत्नी क्यामिलालाई पनि रानीका रूपमा मुकुट पहि¥याइएको थियो । त्यसपछि विशेष बग्गीमा चढेर राजारानी बकिंघम राजदरबार फर्किएका थिए ।

गोर्खा सैनिकहरू उक्त विशेष समारोहमा सहभागी थिए ।

साभारः कान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल