काठमााडौँ– राजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा अवस्थाको बारेमा बोल्दै नयाँ नेपाल भनेको यही हो ? भनेर प्रश्न गरेका छन् ।

सोमबार धनगढीमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भनेका छ्न््, ‘के अग्रगामी भनेको परालम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?’ उनले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको पनि टिप्पणी गरे ।

नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन ? उनले प्रश्न उठाएका छन् । ‘त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ ।

देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ’ उनले भनेका छन् । राजाले पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका थिए । उत्तर प्रदेशमा त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेट गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल