काठमाडाै -पोखरामा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किरहेको बताए । राजा वीरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिंदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको बताए । साथै उनले नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक पुनःथापनामा सरकारले गरेको धरपकडप्रति अपत्ति प्रकट गरे । अध्यक्ष गुरुङले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनुपर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष विजय बहादुर भण्डारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समूहले गरेको हत्याकाण्डको कारण देशले दुःख भोग्नु परेको बताए ।

२०५८ साल जेठ १९ गते राति भएको दरबार हत्या काण्डमा राजपरिवारका सदस्यहरुको निधन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल