काठमाडौं– तराई क्षेत्रमा गर्मीका कारण अधिकांश पालिकाहरुले विद्यालयमा विदा दिन भनेका छन् ।

केही दिनयता तराई क्ष्ँेत्रमा पर्ने मेचीदेखि महाकालीसम्म अत्यधिक गर्मी बढेको छ । बर्खे विदासंग मिलान गर्ने गरी ती विद्यँलयहरुमा विदा दिन थालिएको हो ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएमा तातो हावा लू लाग्ने खतरा बढेकाले स्थानीयलाई पनि सावधानी अपनाउन भनिएको छ ।
मेची झापाका धेरै जसो स्थानीय तहले विद्यालय बिदा दिएका छन् । मधेस प्रदेशको जनकपुरधाममा पनि विद्यालय आउदा बालबालिका बाटोमै बेहोस् हुन थालेपछि एकसाता विदा दिएको छ ।


सप्तरी, पर्सा, रौतहट, चितवनको भरतपुर, बा“के, सिरहा, मोरङ र सुनसरी, धरान, इटहरी बिदा दिएको छ ।

अधिकांब विद्यालय टिनको छाना भएकोले पठनपाठन गराउन नसकिने र बालबालिका गर्मीको विरामी भएको जनगुनासो बढेपछि बिदा दिन थालिएको ती जिल्लाका स्थानीय तहले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल