काठमाडौं – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा क्ष्ँमता अभिवृद्धि विषयक तीन दिने तालिम सम्पन्न भएको छ ।


सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता सम्बन्धी कलम चलाउने पत्रकारहरु र अपाङ्गता भएका पत्रकारहरुलाई तालिम प्रदान गरिएको प्रदेश अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।


समापनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुर्धन राइले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । अध्यक्ष राईले आदिवासी जनजातिहरु मूलधारमा अझै समेट्नु नसकेको बताए । नेपालको सिमान्तकृत र लोपोन्मूख जातिलाई मूलधारमा ल्याउन फोनिज पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।


प्रदेश इन्चार्ज पेमा लामाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको बिषयमा गहन रुममा उठाएर अगाडी बढ्नु पर्ने उनको जोड थियो ।

तालिममा वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले अपाङ्गता भएका व्यक्तिको सवालमा कानुनी, समाचारमा प्रयोग गरिने शव्द चयन, नीतिगत, पत्रकार आचारसंहिता, विषय प्रस्तुति, खोजमुलक विषयमा प्रशिक्षण दिएका थिए ।


रामेछाप सदरमुकाम मन्थलीमा १९ गते २१ गतेसम्म भएको तालिममा बागमती प्रदेशका ९ जिल्लाका ३० जना पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल