काठमाडौँ– चर्को घामका कारण कतै लगाएको मकै बाली सुकेको छ भने गर्मीले तराई क्षेत्रमा तातोहावा(लु)ले प्रभावित बनाएको छ ।

विद्यालयहरु बन्द गरिएको छ । अझै यस वर्ष मनसुन भित्रिन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यो वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म आइपुगेको पनि नेपालको पूर्वी भू–भागमा मनसुन भित्रनको लागि केही दिन लाग्ने महाशाखाले बताएको छ । मनसुन नआएसम्म अझै चारदिनसम्म तातोहावा(लू) देशका मध्य तथा पश्चिमी भू–भागमा तापक्रम वृद्धि हुने महाशाखाले जनाएको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले गरेको विश्लेषणअनुसार आगामी जेठ ३० देखि असार १ गते सम्म तातो हावा (लू)को रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल