काठमाडौँ—आठ महिनादेखि कामुबाट चलेको सर्वोच्च अदालतले शुक्रबारबाट नवनियुक्त प्रधानन्यायाधीश पाएको छ ।
शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हरिकृष्ण कार्कीले शपथ तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि कार्की अनुमोदन भई राष्ट्रपतिबाट नियुक्त भएका हुन् । उनी आगामी साउन २० गते सेवाबाट निवृत्त हुने छन् ।
त्यसैगरी बिहीबार मन्त्रिपरिषद् बैठकले निजामती प्रशासनको उच्चपदका रुपमा चिनिने मुख्य सचिव पदमा सचिव डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । उनले नर्बेबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
सचिव कार्यकाल सकिनु दुई दिन अघि उनी मुख्यसचिव भएका हुन् । मुख्य सचिव शंकरदास बैरागीलाई सुरक्षा सल्लाहकारमा भएपछि डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त भएका थिए ।
सरकारले मुख्यसचिव पदमा जथाभावी गर्दा वरियताक्रममा रहेका वरिष्ठ सचिवहरुलाई भने अर्याललाई मुख्य सचिव बनासँगै मर्कामा परेका छन् ।
सरकारले मुख्यसचिव बैरागीलाई पूरा कार्यकाल नदिई नयाँ मुख्यसचिव नियुक्त गरेको हो । उनी यही असोज १४ गतेसम्म पद बहाल रहने थिए । हाल भएकाले त्यतिबेलासम्म अवकाश पाइसकेका हुन्थे । त्यसपछि सूर्यप्रसाद गौतम, देवकुमारी हुमागाईँ र केवल भण्डारी सचिवहरुको वरियताका आधारमा मुख्य सचिव हुने थिए ।
२०४९ सालमा हुलाक सेवाबाट निजामती प्रशासनको अधिकृत बनेका अर्याल अर्थविज्ञको छवि बनाएका छन् । अर्यालले २०७५ सालमा सचिव भएका थिए । मुख्यसचिवको तीनवर्षे कार्यकाल रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !