काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर छजनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।


बाढी तथा पहिरोमा परी संखुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


साथै बाढी एवं पहिरोमा परी संखुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्लाकै स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।
बाढी पहिरोमा परेर बेपत्ता हुनेमा संखुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच जना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएको जिल्लामा रहेका सुरक्षा निकायले जनाएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।


बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । छदर्जन पशुचौपायको मृत्यु भएको छ । बाढी र पहिरोले ती जिल्लाका ९७ घरपरिवार विस्थापित भएका छन् ।
बाढी पहिरोको जोखिममा रहेकालाई सुरक्षित राख्ने, सहयोगका लागि समन्वय गर्ने र अवरुद्ध भएका सडकबाटो खुलाउने कार्य जारी छ ।


सरकारले बाढी पहिरोग्रस्त क्षेत्रको अनुगमन गरी खोज तथा उद्धार र सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल