काठमाडौंँ– तोकिएको समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको गरिने भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले उपभोक्ता समितिमार्फत गरिने कामहरु जिम्मेवारी पूरा नगर्ने उपभोक्ता समितिलाई आवश्यक कारवाहीको तयारी गरिएको कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले बताए ।


कार्यालयबाट योजना निर्माणको जिम्मेवारी लिई तोकिएको मापदण्ड पूरा नगर्ने ती उपभोक्ता समितिमा संलग्न पदाधिकारीलाई कारवाहीको तयारी गरिएको डिभिजना कार्यलयले जनाएको छ । ‘आवश्यकताका आधारमा विनियोजित योजनाको समयमा काम गर्न चासो नदिने उपभोक्ता समितिका कारण विकास निर्माणको लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकिएको छैन,’ डिभिजन प्रमुख गुरागाई भने । योजनाको सम्झौता गर्न नआउने, आफ्नो जिम्मेवारी लिएर काम पूरा नगर्ने, गुणस्तरीय काम गर्ने लगायतका समस्या रहेको बताए ।

‘कैफियतअनुसार कारबाही अघि बढाउन लागेका छौँ,’ उनलेभने । डिभिजन कार्यालयमार्फत चालू आर्थिक वर्षमा १ सय २० योजना संचालन गर्न लागिएको छ । ती योजनामध्ये अहिलेसम्म ७७ योजनाको सम्झौता भएको छ । त्यसमा २१ वटाले काम सम्पन्न गरिसकेका छन् । डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सम्पादन गर्ने योजना ५ लाखदेखि ५० लाख रुपैयाँसम्मका छन् । ‘एउटा योजना पूरा गर्न दुई सातादेखि एक महिनाको समय पर्याप्त हुन्छ र पुग्छ,’ डिभिजन प्रमुख गुरागाईंले भने । योजना सम्झौतामा चासो नदिने, जिम्मेवारी लिएर ठेक्कामा लगाएर नाफा निकाल्ने, समयमा काम नगरी उपभोक्ताले पाउने विकासको अधिकार रोकिएको उनले बताए । ‘निर्माण व्यवसायीलाई जस्तै लापरबाही गर्ने उपभोक्ता समितिलाई कारबाही हुन्छ’ उनलेभने ।

योजना कटौती हुने
चालू आर्थिक वर्षको सुरुवात्बाट उपभोक्ता समितिमार्फत संचालन गरिने योजनाको विवरण समयमा सम्बन्धित पालिका र वडामा पठाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयले जनाएका छन् । पटक–पटक म्याद दिए पनि सम्झौता गर्न चासो नदिएपछि अब ती योजना फागुनपछि कटौती गर्न लागिएको छ । वडातहसम्म पत्राचार गर्नेदेखि सञ्चारमाध्यमबाट सूचना प्रवाह गरेर उपभोक्तालाई समिति बनाएर सम्झौता गर्न बोलाउँदा नआएका योजनालाई फागुनमा हुने बागमती प्रदेशस्तरीय समीक्षा बैठकमार्फत रकमान्तरका लागि सिफारिस गर्ने डिभिजन प्रमुख गुरागाईंले बताए । ‘सम्झौताका लागि समय थप गरेका छौँ,’ उनले भने, ‘काम नगर्नेको योजना कटौती गरेर राम्रो काम गर्ने समितिलाई प्रोत्साहन गर्न बजेट थप गर्नेछौँ ।’

समस्या उस्तै पूर्वाधार कार्यालयमा पनि
चालू आर्थिक वर्षको सुरुवात्बाट उपभोक्ता समितिमार्फत संचालन गरिने योजनाको विवरण समयमा सम्बन्धित पालिका र वडामा पठाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालयले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गराउदै आएको छ । यस कार्यालयमा पनि समस्या उस्तै छ ।

आर्थिक वर्षको आधा समय पूरा हुँदा एकतिहाइ योजनाको पनि सम्झौता हुन नसकेको कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले बताए । उनका अनसार चालू आवमा उपभोक्ता समितिमार्फत गर्ने योजना ३ सय ७८ छन् ।

हालसम्म १ सय ११ योजनाको मात्रै सम्झौता भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल