काठमाडौँ– प्रदेश मन्त्री भएको ठीक एकमहिनामा आफ्नो निर्वाचन क्षेत्र गएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंह गाडी दुर्घटनामा परी अस्ताए ।
उनी सोमबार मन्त्रालयका कर्मचारी र निजी सचिवालयका कर्मचारीसहितको टोली डडेल्धुराको राइनो होटलबाट गृह जिल्ला बझाङ जाँदै थिए । उनको साथमा पत्नी अमृता, उनको भाउजु जयदेवी लगायत गाडीमा थिए ।
सिंह जेठ ६ गते आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह बनेका थिए । मंगलबार बिहान मन्त्री सिंह सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडीमा अघि लाग्यो । उनका मन्त्रालय र उनको सचिवालयका कर्मचारी सुपप्र ०१ ००१ झ ३३० नम्बरको अर्को गाडीमा उनलाई पछ्याउँदै बझाङतर्फ अघि बढ्यो ।
दिउँसो पौने दुई बजे मन्त्रीको गाडी बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने ठाउँमा अचानक सडकबाट ५० मिटर तल खस्न पुग्यो ।
कालङगाड नदीको किनारमा गाडी सहित मन्त्री सिंहसँगै पत्नी अमृता, भाउजु जयादेवी, निजी सुरक्षा गार्ड (पीएसओ) प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशी बजारिन पुगे ।
गाडीमा सवार मन्त्रीकी पत्नी अमृता र भाउजु जयाको बझाङकै एक निजी स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भयो । मन्त्री सिंहलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगियो । अपरान्ह साढे ५ बजे मन्त्री सिंहको मृत्यु भएको घोषणा गर्यो । कलेजका निमित्त निर्देशक प्रा. डा. ढुण्डीराज पौडेलका अनुसार ४ः ५८ मन्त्री सिंहलाई हेलिकप्टरले अस्पताल ल्याएका मन्त्री शरीरमा नाडीको चाल नभएको र मुटुले पनि काम गर्न छाडिसकेको उनले जारी गरेको विज्ञप्तिमा भने । डा पौडेलले संभावना नदेखिएपछि साढे ५ बजे मृत घोषणा गरीदिए ।
मन्त्रीका गाडीचालक धर्मराज जोशी र मन्त्रीका निजी सुरक्षाकर्मी भण्डारीको नेपालगञ्जमै उपचार भइरहेको छ ।
जयपृथ्वी नगरपालिका वडा १० स्थायी घर भई हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोबास गर्दै आएका मन्त्री सिंहको बुधबार डँढार मष्टा मन्दिर दर्शन र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थियो ।
साथै मन्त्रालयले जनाए अनुसार बुधबार नै बझाङमा जिल्लास्तरीय आपतकालीन उद्दार केन्द्रको उद्घघाटन र कार्यालय प्रमुखहरुसँग भेटघाट कार्यक्रम राखिएको र बिहीबार धनगढी फर्किने कार्यतालिका थियो । उनी मंसिर ४ गते भएको प्रदेशसभासदस्य निर्वाचनमा बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !