काठमाडौ– नुवाकोटको सूर्यगढीगाँउपालिकाले आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट १३ अँैं गाँउ सभाबाट सार्वजनिक गरेको छ ।


गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहिबार गाँउ सभामा आर्थिक बर्ष २०८०र८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मंजु बुढाथोकीले आब ०८०÷८१ को आर्थिक बर्षको लागी कुल ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

संघीय सरकारबाट आउने र आन्तरिक राजस्व समेत न्युन रहेकाले बजेट घटेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले बताए । पालिकाको बिकास र सम्बृद्धिको लागि आएको कार्यक्रम आएको बताउँदै अध्यक्ष घलेले त्यसलाई पूर्णरुपमा कार्यान्वन गर्न प्रतिवद्ध गरेको बताए ।

आर्थिक वर्ष २०८०÷८१ मा यस गाउ“पालिकामा संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ७ करोड ५६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ १५ करोड ७४ दाख, संघीय सशर्त अनुदान पु“जीगततर्फ ५५ लाख, विशेष अनुदानतर्फ १ करोड २० लाख , समपुरक अनुदानतर्फ १ करोड, राजश्व बा“डफा“डबाट प्राप्त ६ करोड ४९ लाख ८४ हजार ६ सय प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ६९ लाख ५० हजार, सशर्त अनुदान चालुतर्फ १ करोड ३२ लाख १० हजार, सशर्त अनुदान पु“जीगततर्फ ४५ लाख, राजश्व बा“डफा“डतर्फ १ करोड १० लाख २ हजार ८ सय ४९, समपुरक अनुदानतर्फ २ करोड प्राप्त हुने अनुमान बजेटमा गरेको छ । आन्तरिक आयतर्फ ४० लाख रुपैया“ राजश्व संकलन हुने अनुमान बजेटमा छ ।
आर्थिक विकास अन्तरगत कृषि तथा पशुपंक्षी, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्रमा ९० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, खेलकुद तथा मनोरञ्जनतर्फ ८ करोड रुपैया बजेट विनियोजन गरिएको छ । पुर्वाधार विकास अन्तर्गत सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, बैकल्पिक उर्जा, सञ्चारतर्फ १५ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत वन तथा भु–संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल साइट, जल उत्पन्न प्रकोप नियन्त्रण तर्फ ३५ लाख रुपैया बजेत विनियोजन गरिएको छ ।

महिलाहरु लाभान्वित हुने ‘महिलास“ग उपाध्यक्ष कार्यक्रम’ अन्तर्गत प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याएको छ ।स ंस्थागत विकास तथा सेवा प्रवाह अन्तर्गत सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सुचना प्रविधि, पञ्जिकरण व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन, सुशासन प्रबर्द्धन, अनुसन्धान तथा विकासतर्फ १४ करोड ४७ हजार ४ सय ४९ रुपैया विनियोजन गरिएको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिमको स्थानीय तहको एकल तथा साझा अधिकार सूची, आर्थिक अधिकार र आर्थिक कार्य प्रणाली, मौलिक हकहरु, आर्थिक सामाजिक विकास, साधन श्रोतको कोरोना विरुद्धको गतिविधि, समाजिक संरक्षण, दिगो विकास, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, लैङ्गिक सशक्तिकरण तथा समावेशी विकास समेतलाई आधार मानी यस सभामा आर्थिक ०८०÷८१ को नीति तथा कार्यक्रम सहित बजेट आएको सूर्यगढीगाउ“पालिकाका प्रवक्ता रामशरण राईले बताए ।

स्थानीयतहले यही असार १० गतेभित्र आगामी नयाँ आर्थिक वर्षका लागि बजेत ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल