काठमाडौ– ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाउनुको साथै एकै घरका तीनको मृत्यु र दुई बेपत्ता छन् ।
पहिरोमा परेर स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी १८ महिनाकी छोरी कृतिका, उनकी श्रीमती ३१ वर्षीय शिवमाया गुरुङको शव पहिरोले पुरिएको अवस्थामा फेला पारेको त्यहाँका जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् ।
रणबहादुरका १० वर्षीय छोरा दिनेश वेपत्ता भएकाले खोजी कार्य छ । पहिराले छिमेकी बलबहादुर र जरसिंह गुरुङको घर बगाएको पनि उनीहरु भागेर बँँच्न सफल भएका थिए भने अरु दर्जनौंघरमा क्षति पुगेको छ ।
राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !