नुवाकोट बेलकोटगढीनगरपालिका १२ मोक्तान टोलका मृतक मनकुमार तामाङको परिवारलाई जिल्ला दैविक प्रक्रोप उद्धार समितिले राहत प्रदान गरेको छ ।
यही जेठ ३२ गते बेलबोटढीनगरपालिका २ नेवारटोलस्थित लामाचौरमा सडक नालीको काम गरिहेको अवस्थामा माथिबाट पहिरो झरेर पुरिएका ३२ वर्षिय मनकुमार तामाङको परिवारलाई राहत प्रदान गरिएको हो । उनी नेवारटोलमा सडक काम गर्दै गर्दा सडकमाथिबाट पहिरो आएर छोपिएपछि उनको त्यही मृत्यु भएको थियो । उनको परिवारलाई समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र लगायत सहितको टोलीले मृतकी श्रीमती २७ वर्षिया सन्ध्या तामाङलाई २ लाख रुपैया“ नगद प्रदान गरिएको थियो ।
त्यसैगरी नुवाकोट उद्योग वाणिज्य संघले खाद्यान्न, नेपाल रेडक्रस सोसाइटीले भाडाकु“डा दिएका थिए । मृतकका परिवारलाई घरदैलोमै गएर राहत दिएको हो । प्रजिअ थापाले नगद स्वरुप राहतको दुई छोरीको नाममा खाता खोलेर पढाएर भविष्य उज्ज्वल बनाउन सुझाव दिए । बाबु रामबहादुर तामाङले नै छोराको काजक्रिया गरिरहेका छन् । उनका दुई छोरामध्ये मृतक मनकुमार जेठा हुन् । मनकुमारका १० वर्षिया जेठी छोरी सोनी र ४ वर्षिया मन्जु छन् । मृतक मनकुमारको घर डाँडामा सामान्य जस्ताले छाएको छ । बारी धेरै भिरालो र थोरै मकै लगाएको जंगलभन्दा अलिमाथि छ । उनको घर सवारीसाधनमा सदरमुकाम विदुरबाट करिब १ घण्टाको दुरीमा दक्षिणपूर्वी भेगमा रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !