काठमाडौं– नुवाकोट विदुरनगरपालिका २ सरस्वतीथानमा रहेको लिच्छविकालीन स्वयम्भु चैत्यको संरक्षण गर्न पुननिर्माण थालिएको छ ।

हालै उक्तस्थानमा बागमती प्रदेशका मन्त्री, जनप्रतिनिधि, पर्यटनविद् सहित संयुक्तरुपमा शिलान्यास गरिएको छ । विदुरनगरपालिकाको अगुवाईमा वर्षौदेखि अलपत्र ऐतिहासिक पुरातात्विक सम्पदाको डिपिआर गरी संरक्षण गर्न लागिएको हो ।


बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, विनाविभागीय मन्त्री रामकृष्ण चित्रकार, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुनगरपालिकाका मेयर राजन श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, वडाध्यक्ष १ र २ का लेनिन रन्जित र दिपक कायस्थ, जेष्ठ नागरिक, पुरातात्विक अभियान्ता लगायतले स्वयम्भु चैत्यको संयुक्त रुपमा शिलान्यास गर्दै नौरत्न चढाएका थिए ।
बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले धार्मिक पर्यटन, सांस्कृतिकरुपमा महत्व बोकेको परिकृष्त रुपमा विकास हाम्रो दायित्व भएको बताए । त्यसैगरी मन्त्री चित्रकारले आफूले पनि यो चैत्यको लागि सक्दो सहयोग गर्ने बताए ।
जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले सबैको हातेमालो र अपनत्वको भावना राखेर काम गर्न सके यो चैत्य निर्माणको साथै धार्मिक पर्यटन बढ्ने बताए ।


स्वयम्भु र लुम्बिनी जस्तै बौद्धधर्मालम्बीहरुलाई आमन्त्रण गरी धार्मिक पर्यटनको रुपमा विकास गर्ने लक्ष्य रहेको विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठले नुवाकोटलाई बन्दीपुरको झल्को दिने गरी निर्माण गरिने बताए ।
ऐतिहासिक महत्व बोकेको यो चैत्य पैसाले नभई प्रतिवद्धताले खांचो रहेको बताउदै पुरातात्विक संपदाको संरक्षण र सम्बद्र्धन हुने पर्यटनविद् कर्ण शाक्यले बताए । ‘झिलिमिलि काम गरेर नभई दिगो काम गर्नुपर्ने छ,’ उनलेभने ।


विदुरनगरपालिका २ पुरानो सदरमुकाम नुवाकोटडाडा“ पूर्वमा उक्त पुरातात्विक चैत्य लगायत विभिन्न मूर्तिहरु असरल्ल छन् । तिव्वतबाट भृकुटी माइती आउंदा बस्ने घरको ठाउ“, चैत्य,भैरवको मुख भाग आधा पुटेको, गणेशको मूर्ति, नाट्यस्वरी, मन्जश्रीको मूर्ति लगायतका ऐतिहासिक सम्पदा छन् । भृकुटीको तिव्वतका राजा सं्रङचङगम्पोसंग विवाह भएपछि घर माइती गर्दा यही दरबारमा बस्ने गरेको किवदन्ती छ । पहिला काठमाडौं, भक्तपुर, ललितपुर, किर्तिपुरका नेवार समुदायहरु बाजा बजार पूजा गर्न आउने गरेका थिए ।


अशोकवाटी,सरस्वतीथान र श्रीमहामण्डलको नामले चिनिने स्वयम्भु चैत्य राजा पृथ्वीनारायण शाह जीर्णोव्दर गर्दा ‘श्रीमहामण्ड’ भनेर नाम दिइएको बताइएको छ । यहा“ दुईस्तुपा राखिएको तल हालको टुडिखेलमा फूलफूल्ने अशोकको विरुवा रोपेको बताइन्छ । जुन बेला नुवाकोटलाई ऋग्वेद, ऋग्पतन, ऋषिवनले चिनिने गरेको बौद्धधार्मिकग्रन्थमा उल्लेख गरिएको पुरातात्विक अभियान्ता गौतममानसिंह डंगोलले बताए । उनले यो स्वयम्भु चैत्य २३ सय वर्ष पुरानो समाट अशोकको पालामा निर्माण भएको हुन सक्ने उनले जानकारी गराए । शिलान्यासको कार्यक्रममा पुरातत्व विभागको प्रतिनिधि समेत उपस्थित नरहेकोमा स्थानीयले खिन्नता जनाएका थिए ।


अमेरिकाका एनआरएन राजीव श्रेष्ठले स्वयम्भु चैत्यलाई सबैले सघाउने प्रतिवद्धता जनाउदै एक लाख रुयैया सहयोग गर्ने बताए । पर्यटन विद् शाक्यले १ लाख र कीर्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यको पञ्चशिलाको आधारमा यो निर्माणको लागिपर्ने बताउदै ५० हजार दिने घोषणा गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल