काठमाडौँ–दुप्चेश्वरगाउ“पालिका ४ स्थित गोल्फुभन्ज्याङको गोल्फुभन्ज्याङ मावि भवन पहिरोबाट जोगाउन संरक्षण गरिएको छ । पूर्वी मोहोडा फर्किएको भवनको पछाडि क्रंकिट सहितको वाल लगाएर विद्यालय भवन संरक्षण गरिएको हो ।

‘वाल भएन भने विद्यालयमा असर पर्छ,,’ दुप्चेश्वरगाउ“पालिका ४ का वडाध्यक्ष ज्ञानबहादुर तामाङलेभने,’त्यसैले बलियो वाल लगाएपछि सुरक्षित र विद्यालय भवन भासिने डर कम भो ।’ विद्यालय भवन बनेपनि विद्यार्थीका लागि खेल्ने मैदान सा“घुरो थियो । ठाउ“अभावका कारण स्कूल छेउको डिल खारेर मैदान बनाइएको छ । यो संरक्षण वाल नभएको भए वर्खामा विद्यालय भवनलाई असर पर्ने जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईंले बताए ।

हालै जिल्लाबाट दुप्चेश्वरगाउ“पालिकामा संचालित पहिरो नियन्त्रण, सिंचाईकुलोको अवस्था र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले गरेको कार्यहरुको जिल्ला अनुगमन टोलीले निरिक्षण तथा अवलोकन गरेको थियो ।

बागमती प्रदेश सदस्य राधिका तामाङ, दुप्चेश्वरगाउ“पालिकाका अध्यक्ष शंकरबहादुर थापा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डित, राष्ट्रिय अनुसन्धान कार्यालयका एसपी कमलबहादुर थापा, जबरजंगका प्रतिनिधि, सशस्त्रका डिएसपी उत्तम पुडासैनी पूर्वाधार विकास कार्यालयका वीरेन्द्रकुमार बज्राचार्य, प्रकास खतिवडा, लगायतले सहभागी थिए ।

दुप्चेश्वरगाउ“पालिकाका गत वर्ष आएको भारी वर्षाका कारण बाढी र पहिरोले ठूलो क्षति पुर्याएको थियो । सिंचाई कुलो, खानेपानी, विद्युत, खेतीयोग्य जमिन, सडक, संरक्षित गरी लगाएको पर्खाल, लगाएको बालीनाली, विद्युतका तार र पोल लगायतका करोडौँका क्षति भएको थियो । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले दुप्चेश्वरगाउ“पालिको वडा ३ वडामा ३ वटा योजना, वडा २ मा १, वडा ४ मा ३, वडा ५ मा ३, वडा ६ मा २ वटा योजना सहित काम भएको छ । कार्यालयले दुई उपभोक्ता समिति र एउटा निर्माण व्यवसायीलाई तोकिएको समयमा काम नगरेकाले कारवाही गरिएको डिभिजन प्रमुख गुरागाईले जनाए ।

ग्रामीण भेग र भिरालो धरातलमा सडक बाटो खन्दा ध्यान नपुर्याएपछि त्यही सडक खनेको माटोले तल्लो तटीय फा“टमा बाढीले असर पुरयाउने गरेको छ । त्यस्ता असरलाई न्यूनीकरण गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले तटबन्ददेखि सानादेखि ठूलो सिंचाई योजना संचालन गरेको थियो । पछिलो समयमा सिंचाई मुहान सुधारनपछि माछोपोखरी–लब्दु–ढिकुरे–शेरा सिंचाई, छहरे–गणखार सिंचाई लगायतले बर्सेनी सिंचाई अभाव झेल्ुन पर्ने झंझट हटेको छ । यहाँखाद्यान्न बाली बढी उव्जनी हुने फा“ट हुन् । ती ठाउ“मा सिंचाई योजनाबाट कुलो तथा नहरको मर्मत तथा सुधार कार्य भएपछि किसानलाई धान, मकै र तरकारी खेती गर्न सहज भएको छ । ंत्यतिमात्र नभई खोला तथा नदीले कटान गरेपछि वस्ती जोगाउन ठाठँ“ठाउमा नदी नियन्त्रण, पहिरो नियन्त्रणका कार्यक्रमहरु गरिर्दै आएको छ । तादी ४ ढाँडेमा खहरेखोला खेतीयोग्य जमिन तथा वस्ती संरक्षण समितिले पहिरो र खोला नियन्त्रणको कार्य भएको छ । केही वर्ष अघि ढा“डे खोल्सामा आएको बढीले यहाँका बस्ती र खेतीयोग्य जग्गामा क्ष्ँति पुर्याएको थियो । यहाँ ५० धुरी छन् । खोल्साको दायाँबायाँ तटबन्ध गरी डेढ सय रोपनी जग्गाको संरक्षण गरिएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नुवाकोटका लागि संघीय सरकारबाट प्राप्त ६ करोड २३ लाख र बागमती प्रदेश सरकारबाट २८ करोड ७७ लाख रुपैयाँको ३५ करोड २३ लाख योजनाको कार्यन्वयन भैरहेको कार्यालयले जनाएको छ ।

आगामी आबको सिचाई योजना, नदी तथा खोलाको कटान नियन्त्रण र वस्ती संरक्षण प्राथमिकता दिएपनि फुटकर योजना समावेश गरिएको छ ।


किसानलाई सिचाई कुला, नदी र खोलाले पुराएको कटान नियन्त्रण तथा पहिरोले जोखिममा परेका बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण तथा नवीकरण उर्जा मार्फत उज्यालो बागमती अभियानको कार्यसहित कार्यसम्पादान तथा प्रगति र योजना संचालन लागि कार्यालयले राम्रै प्रगति हासिल गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल