काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू उक्त निर्णय गरेको हो ।

निगमले काठमाडौं, पोखरा र दीपायल स्थानमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रकोे हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ ।


सोमबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । यो पटक निगमले वैज्ञानिक प्रणाली अनुसार मूल्य निर्धारण गरेको जनाएको छ । तराई क्ष्ँेत्रको चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढीलाई पहिलो वर्गमा राखिएको छ । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएके छ भने तेस्रो वर्गमा काठमाडौं‚ पोखरा र दीपायल रहेका छन् ।


तेस्रो वर्गमा पर्ने काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५०÷१५० रुपैयाँ पर्नेछ । पहिलो वर्गमा पर्ने तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७ दशमलव ५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७ दशमलव ५÷१४७ दशमलव ५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९÷१४९ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक हवाई इन्धनको प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको १५ रुपैयाँ मूल्य घटेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल