काठमाडौं– पछिल्लो समय विज्ञानप्रविधिले फड्को मार्दैै गरेको अवस्थामा खेती प्रणालीमा पनि परम्परागत गोरुको सट्टा ट्याक्टर भित्र्न थालेको छ ।

दिउसभरि गोरुले जोतेर गरिने कृषिकर्म ट्याक्टरले सजिलो र छिटो बनाइदिन थालेको छ । खेतीयोग्य भूमिमा अझै ट्याक्टर पुग्न सकेको छैन र हलगोरुको प्रयोग भैरहेको छ । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसान पनि ट्याक्टरतर्फ आकर्षित भइरहेका छन् । तर पाल्पा जिल्लाको रिब्दिकोटगाउ“पालिका वडा १ मा आागामी आर्थिक वर्षदेखि गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

यसले गोरुमा निर्भर किसानलाई प्रोत्साहन र राहत मिल्ने भएको छ । गाउँका खेत बारीलमा जोत्नका लागि अझै गोरुको आवश्यकता रहेको छ । किसानले आफ्नो भएको जमित बाँझो नराखुन् र खेतीपातीलाई बढी ध्यान दिउन् भन्ने उद्देश्यले एकहलगोरु बराबरको रुपभमा ५ हजार रुपैयाँ भत्ता दिने कार्यक्रम राखिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जनाएका छन् ।

यसबाट ट्याक्टरका नाममा विदेशीने स्वदेशी रकमले हलगोरुमार्फत कृति उव्जनी बढाउन सहयोग पुग्ने भएको छ । अर्को देशव्यापी रुपमा फैलिएको लम्पी स्किनले गोरुको मृत्यु बढीरहेको छ । मनसुनमा ढिलाई र लम्पी स्किनको महामारीले रोपाईंमा समेत प्रभावित बनाएको छ।

हाल २६ प्रतिशत रोपाई.
गएको वर्षको तुलनामा अहिलेको २१ असारसम्मा डेढ लाख हेक्टर जग्गामा कम रोपाइँ भएको छ । बर्खे धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ५७ हजार ८ सय १६ हेक्टर खेतीयोग्य जमिन हो । तर यसमध्ये ३ लाख ६२ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ कृषि मन्त्रालयले जनाएको छ । रोपाइँ नहुनुमा मनसुनमा आधारित रोपाइँ र महामारीका रूपमा फैलिएको लम्पी स्किन संक्रमणले धान रोपाइँमा प्रत्यक्ष प्रभाव पारेको छ ।
लम्पी स्किन करिब ८ लाख पशु संक्रमित
लम्पी स्किन रोगबाट देशका ७ लाख ९ हजार २ सय ३ पशु संक्रमित भएको पशुसेवा विभागको तथ्यांकले जनाएको छ । त्यसमध्ये २५ हजार ७ सय ८२ पशु मरेका छन् भने २ लाख २९ हजार ६ सय २ पशु सक्रिय संक्रमित छन् । लाखौंको संख्यामा पशु संक्रमित हुँदा रोपाइँमा पनि प्रत्यक्ष प्रभाव कृषि विज्ञको भनाइ छ । रोगका कारण किसानले पहाडी भेगमा खेतबारी खनजोत्न सकेका छैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल