काठमाडौँ—खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटाएको हो । अब ग्यासको प्रतिसिलिण्डर १७९० रुपैयाँ र उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । त्यसमा पनि ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।

डिजेलको प्रतिलिटर ४ रुपैयाँ घटे र उपत्यकामा डिजेलको प्रतिलिटर १४६ रुपैयाँ कायम गरिएको छ ।

अब निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने जनाएको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

आयल निगमलाई भारतबाट १५÷१५ दिनमा इन्धनको मूल्य सूची पठाउने गर्छ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल