काठमाडौ— सुनसरीको धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गरेर डेंगीबिरुद्ध तीब्र अभियान चलाउन त्यहाँको स्थानीय प्रशासनले गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।


धरान उपमहानगरका २० वटै वडामा संक्रमितको संख्या बढेकाले जनस्वास्थ्य आपतकालीन अवस्था घोषणाका लागि गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गरिएको छ । संक्रमणको सुरुमा स्थानीय सरोकारवाला निकाय सचेत हुन नसकेको स्थानीयको गुनासो गरेका छन् ।


धरान–१३ को वडासमितिको कार्यालय, उद्योग वाणिज्य संघ कार्यालय, छाताचोकको पुरानो हस्पिटल, धरान–१४ विजयपुर, धरान–१५ को आधारभूत स्वास्थ्य कार्यालय, धरान सभागृहमा डेंगी संक्रमितको भिड बढिरहेको छ ।


धरान उपमहानगरका स्वास्थ्य महाशाखाले डेंगी संक्रमित दिनदिनै बढिरहेको बताए । उपमहानगरले विरामीलाई निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।
डेंगी नियन्त्रणका लागि उपमहानगर प्रमुख हर्कराज साम्पाङ राईले लामखुट्टे बस्ने स्थानको हटाएर सरसफाई गर्न नगरवासीलाई आव्हान गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल