काठमाडौं– पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको कृति ‘सम्झनामा जीतसिंह खड्का’ शनिबार काठमाडौमा सार्वजनिक भएको छ ।

राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणाले शनिबार बालाजुस्थित नागार्जुन पार्टी प्यालेसमा पुस्तक विमोचन गरेका छन् । पुस्तक विमोचन गर्दै सांसद राणाले स्व.जीतसिंह खड्का निष्ठावान नेता भएको बताए ।

माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जीतसिंह खड्का साधारण जीवनशैलीको र पञ्चायतका अन्य नेताभन्दा पृथक् नेताको रुपमा चिनिने अब्बल नेता भएको बताए ।

खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि माधव घिमिरे, राजेश्वर देवकोटा, राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, डा. तुल्सी गिरी, सांसद अर्जुननरसिंह केसी, डा.प्रकासचन्द्र लोहनी, मोहनविक्रम सिंह लगायत ३७ जनाले उनको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेको पाइन्छ ।

स्वं खड्काको जन्म १९८९ साल साउन २ गते नुवाकोट विदुरनगरपालिका २ पुरानो सदरमुकाम नुवाकोटमा र स्वर्गारोहण २०५६ साल माघ २७ गते भएको थियो । उनी २०१४ सालमा संयुक्त प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्ष, २०१८ सालमा भैरवी पंचायनको प्रधानपन्च हुँदै २०४५ सालमा सामान्य प्रशासन मन्त्री र ०४६ सालमा मन्त्री भएका थिए ।

पुस्तक विमोचन कार्यक्रममा स्व. खड्काकोबारेमा बागमती प्रदेशका सभामुख भुवन पाठक, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, बागमती प्रदेश सदस्य रामप्रसाद ढुंगाना, रमेश महत,पूर्वमन्त्री एवं एमाले नुवाकोट अध्यक्ष बद्री मैनाली, नुवाकोटका पूर्व कांग्रेस नेता एवं समाजसेवी खेमराज सेढाईं, संविधान सभासदस्य जगदिश्वनरसिंह केसी, पूर्वसांसद राजेन्द्रप्रकास लोहनी, बागमती प्रदेश राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नुवाकोट माओवादीका नेता हिरानाथ खतिवडा, राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गी, राष्ट्रिय शक्ति नेपालका नेता श्याम केसी, चिकित्सक संघका पूर्व अध्यक्ष केदारनरसिंह केसी, समाजसेवी सोमप्रसाद पाण्डे, साहित्यकार श्रीहरि फुयाल लगायत नेता खडकाका व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

पुस्तकबारे बामपन्थी नेता कुमार पण्डितले टिप्पणी गरेका थिए भने सम्पादनतर्फबाट बलराम फुयाल र नारायण नेपाल धारणा राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य.स्व. खड्काका भतिजा बच्चुसिंह खड्काले गरेका थिए भने कार्यक्रमको आयोजना स्वं खड्काका धर्मपत्नी सीता खड्का तथा परिवारले गरेका थिए । कार्यक्रम संचालन नारायण अधिकारी र व्यवस्थापन वसन्त अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल