काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१ दशमलव ९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् ।


त्यसैगरी ४९ दशमलव ०९ प्रतिशत भने नन ग्रेडेड अनसतीर्ण भएको बोर्डले जनाएको छ । गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । नन ग्रेडेडहरुले


माथिल्लो तह अध्ययन गर्न पुनः ग्रेडवृद्धिको परीक्षा दिएर पास भएपछि मात्र माथिल्लो कक्षा अध्ययन गर्न पाउने छन् । २ विषयसम्म नन ग्रेडेड भएकाहरुका लागि ग्रेडवृद्धिका लागि असोज ६ र ७ गते परीक्षा तोकिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल