काठमाडौँ– इन्धनको मूल्यबृद्धिसंगै अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ ।
डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४ दशमलव ७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडादर पनि समायोजन हुने गरेको छ ।
विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गर्दै आएको छ ।विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर ४ दशमलव ७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६ दशमलव १५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६ दशमलव ८३ प्रतिशतले वृद्धि गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !