काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।
भदौ ५ गतेलाई उक्त पार्टीले आफ्नो स्थापनाको एकवर्ष पूरा भएको अवसरमा मंगलबार बिहान विदुरनगरपालिका ४ पदमखर्कमा बृक्षारोपण गरेका छन् ।
बृक्षारोपण कार्यक्रममा उक्त पार्टीका सभापति रामेश्वर गजुरेल लगायतले विभिन्न जातका विरुवा रोपेका छन् । सभापति गजुरेलले राजनैतिक यात्रातय गर्ने सोचले टुसा मात्रै हालेको र भदौ ५ लाई जमिनमा त्यो सोचले रोपिएको जनाए ।
हरेक दिन नयाा चुनौती,नयाँपन ,नया स्थीति , नया परिस्थिति यी सबै कठिनाइ लाइ अवसर मानेर दरो र कडा खुट्टा चाल्दै अघि बढेको जनाउदै आफ्नो स्थापनाको समयमा १० देखि १५ जना मात्रै जिल्ला भरबाट सदस्य रहेकोे बेला पार्टीको पदमा चुनिएको जनाएका छन् ।
उनले पार्टी सदस्य शुभेच्छुक, शुभ चिन्तक प्रति हार्दिक धन्यवाद दिंदै संगठन विस्तार अभियानलाइ निरन्तरता दिइने जनाए । उक्त पार्टीले हालसम्म नुवाकोटका दुई नगर र १० गाउँपालिकाहरुमा भेला सम्पनन भइसकेको जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !