काठमाडौँ –ईन्धनको मूल्य बृद्धि भएको छ ।

नेपाल आयल निगमले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार खाना पकाउने ग्यासको एकैपटक २ सय ३५ रुपैयाँ मूल्य बढेको भने पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डर १ हजार ६ सय ६० थियो ।

यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल÷मट्टितेल प्रतिलिटर १७० पुगेको छ ।

यसअघि पेट्रोल १ सय ७८ र डिजेल÷मट्टितेल १ सय ६७ रुपैयाँ कायम थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल