काठमाडै–एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व देशभरका नेवार समुदायले मनाइएको छ ।
यो जात्रा भाद्रकृष्ण प्रतिपदाको दिनसम्म बनाइदै आएको छ । यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेष गरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो । गाईजात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ ।
भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई विभिन्न ठाउमा छरिएर रहेका नेवार समुदायले अनुसरण गर्दै नाटक, व्यङ्ग्य–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएको संस्कृतिसम्बन्धि अध्यताले जनाएका । मल्लदेखिनै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुवात गरिएको विभिन्न अभिलेखमा देखिएको ती अध्यताहरुले जनाएका छन् ।
सहर बजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ ।
जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन जनतालाई आफ्नो घरका मरेको ब्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी फरमान जारी गरेपछि यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आएको जनश्रृति छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा अद्यपी छ ।
विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायतका पनि मनाइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले बिहीबार नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँटी खाने चलन रहँदै आएको छ ।
साभारःरासस
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !