काठमाडौं– युवराज पारस शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई काठमाडौँको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई अस्पतालमा भेट्न शुक्रबार राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र युवराज्ञी हिमानी शाह पनि अस्पताल पुगेका छन्।
अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
साभारः देशसंचार
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !